Comments Add Comment

एनआरसीका खेलहरु क्षेत्रीय रुप धारण गर्दै

२१ मंसिर,सिड्नी । अस्ट्रेलियाका नेपालीहरुवीच लोकप्रिय हुँदै गरेको नेपलीज रिक्रियसन क्लबले आयोजना गर्ने खेलहरुले अब क्षेत्रीय प्रतिस्पर्धाको रुप धारण गर्दैछन् ।

डेड दशक अघि शम्सेर सिंह थापा, मोहन नेउपाने र प्रजय बम मल्ल लगायतहरु मिलेर सिड्नी ओलम्पिक पार्कको हलमा रहरले खेल्ने गरेको ब्याडमिन्टन र टेनिस अहिले यो क्लबका मुख्य आकर्षणका खेल भएका छन् ।

त्यसलाई बिष्णु हमाल लगायतका खेलप्रेमी हरुले निरन्तरता दिए । सँस्थाका अध्यक्ष बिष्णु हमालका अनुसार दौतरीहरुवीच सिड्नीमा मात्र केही वर्ष अघि सिमित यी खेलहरु अहिले सस्थागत रुप धारण गर्दै अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुवान्युगिनी र फिजीका नेपाली खेलाडी प्रतिस्पर्धा गर्दैछन ।

त्यो पनि एक दुर्इ खेल होइन नौ वोटा खेल र झन्डै पाँच सय खेलाडी, बिगतमा व्यक्तिगत रुपमा खेलिएका खेलहरु अब नेपलिज रिक्रिएसन क्लबको फाउन्डेसनका रुपमा स्थापित भैसकेका छन् ।

तीन खेलहरुमा २०१२ मा राजधानी क्यानबेरामा भएको एउटा खेल निकै चर्चित थियो । सँस्थाका सल्लाहकार तथा अस्ट्रेलियाका स्थापित नेपाली कानून ब्यबशायी डां शम्सेर सिंह थापाको स्मरणमा त्यो खेल निकै रमाइलो भएको थियो ।

तत्कालीन नेपाली राजदूत रुद्र नेपालले उद्घाटन गरेको खेलमा नेपाली चलचित्रका नायक भुवन के.सी. पनि सहभागी थिए । एनआरसी सँस्थाका खेलहरुको अर्को आकर्षण भनेको बालबालिका, महिला तथा भेटेराहरुकावीच हुने खेलहरु पनि हुन् ।

यो सँस्थाको नेत्रित्वोमा एक दर्जन महिला खेलाडीहरु स्थापित हुदै गरेका छन् । सँस्थाकी महासचिव अन्जना सिंह श्रेष्ठ सँस्थाको नेतृत्व मात्रै होइन खेलाडी पनि हुन् ।

उनीसँगै एनआरसीको नेतृत्व र खेलकुद मैदानमा दर्जन बढी महिला खेलाडी उपस्थित छन् ।  एनआरसीले जारी गरेको बक्तब्यमा आगामी मार्च ३० देखि अप्रिल २ सम्म सिड्नी का विभिन्न स्थान हरुमा ती खेलहरु हुनेछन् ।

“चौथो ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८” नामकरण गरिएको यो खेलकुद उत्सवमा अस्ट्रेलियास्थित नेपाली दुताबास लगायत, यहाँका महाबाणिज्यदुतका कार्यालयहरु, गैरआवासीय नेपाली संघ ओसियाना, अस्ट्रेलियाका भिन्न राज्यमा क्रियाशील प्रमुख नेपाली सँस्थाहरु, अस्ट्रेलिया र न्युजिल्यान्डमा स्थापित विभिन्न खेलकुद सस्थाहरु र ब्यबसायी लगायत डेड दर्जन सस्थाहरुको सहकार्य तथा सहभागितामा आयोजना हुन लागेका यी खेलहरुमा ५ किलोमिटर दौड , सेभेन ए साइड सक्कर, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, गल्फ, लान टेनिस, टेबल टेनिस र भलिबल छन् ।

एनआरसीले पहिलो पटक २०१३ मा सिड्नीमा, दोश्रो पटक नेपलिज एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा मेलबर्नमा २०१४ मा नेपलिज एसोसिएसन अफ कुइन्स्ल्याण्डको आयोजनामा २०१६ मा तेश्रो पटक खेलकुदहरु आयोजना गरिएका थिए ।

यस पटक अस्ट्रेलियाका विभिन्न राज्य मात्रै होइन ओसियाना क्षेत्रका अन्य देशका नेपाली हरुले चासो लिन थालेपछि एनआरसीले २०१८ लार्इ ओसियाना क्षेत्रमा स्तरउन्नति गरेको हो ।

यी खेलकुदलार्इ सफल पार्न न्यू साउथ वेल्स मा जविन श्रेष्ठ र बिष्णु हमाल, साउथ अस्ट्रेलिया मा सुपक अधिकारि र सन्तोष अधिकारी, कुइन्ल्यन्डमा हरि खड्का र अभिमन्न्यु केसी, वेस्टर्न अस्ट्रेलियामा दीपक बस्नेत र रुस्तम मास्के, भिक्टोरियामा जोग लिम्बु र मद्धु पोखरेल, डार्बिनमा सुदीप श्रेष्ठ र हेम पुन, क्यन्बेर्रामा डा. दुर्गा कंडेल, ज्ञानु सापकोटा र निरज जोशी , तास्मनियामा पुनम पन्त र रामचन्द्र चालिसे, पपुवान्युगिनीमा राजबहादुर शाही र न्युजिल्यान्डमा केश गुरुङलार्इ सम्पर्क व्यक्तिका रुपमा तोकिएको एनआरसीले जनाएको छ ।

महिलाहरुमा मिना खतिवडा , कुमारी गुरुङ , सहारा बस्नेत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment