Comments Add Comment

छोरीको वर्थडे पार्टीको खर्च कटाएर बाढीपीडितलाई सहयोग

अष्ट्रेलियामा बसोबास गर्दै आएका एक नेपाली दम्पत्तिले छोरीको जन्मदिन र छोराको ग्र्याजुएट पार्टी स्थगित गरी ३ हजार अष्ट्रेलियन डलर नेपालका बाढीपीडितको सहयोगार्थ उपलब्ध गराएका छन् ।

अष्ट्रेलियाको जिलोङमा बस्दै आएका इन्जिनियर रामकुमार श्रेष्ठ र उनकी पत्नी प्रभादेवी श्रेष्ठले आफ्ना छोरा र छोरीको पार्टीका लागि छुट्याइएको ३ हजार डलर धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत तराईका बाढी पीडितलाई सहयोग गरेका छन् ।

इन्जिनियर श्रेष्ठ लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका संयोजक हुन् भने पत्नी प्रभा दिदी–बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment